खोकनामा किसान र प्रहरीबीच दोहोरो झडप

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । झपडका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । झडपमा दुवै तर्फका केही घाइते भएका छन् । विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थलो कब्जा गर्न खोजेको भन्दै विरोधमा रहेका खोकनाका बासिन्दाले आज सामूहिक रोपाइँ कार्यक्रमको आयोजना गरेको थिए । तर प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीय विरोधमा उत्रेका हुन् । खोकना र बुंगमती हुँदै काठमाडौं–तराई द्रुतमार्गसँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ, नयाँ स्याटलाइट शहर, वाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालनमा ल्याउने सरकारको नीति छ ।



तर फास्ट ट्रयाकका कारण बुंगमती, खोकना, कुदेश र सिकाली मन्दिरको सांस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्यकाकै खेती योग्य जमिन मासिने भन्दै स्थानीयहरु विरोधमा छन् ।

सम्बन्धित समाचार