नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादे तदल्लो तहका नेता तथा कार्यकर्ताहरु चिन्तित बनेका छन् । पार्टीलाई फुट्नबाट जोगाउन उनीहरुले हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । नेकपा केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गर्दै हस्ताक्षर अभियान सुरु गर्ने भएका हुन् ।
केन्द्रीय सदस्य ठाकुर गैरेले केन्द्रीय समिति बैठक माग गर्दै हस्ताक्षर अभियान आजैबाट सुरु गर्ने बताए। ‘पार्टीभित्रको विवादको विषयमा केन्द्रीय सदस्यले पनि धारणा राख्न पाउनुपर्छ। दुई अध्यक्षले हाम्रा कुरा सुन्नुपर्छ। हामी पनि उहाँहरुका कुरा सुन्छौ। विवादको छलफल केन्द्रीय समितिमा हुनुपर्छ,’ उनले भने।
यसअघि शुक्रबार पनि उनीहरुले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए ।