रोकियो गोर्खा भर्ती

नेपालीहरुको लागि ब्रिटीस गोर्खामा सेना भएर प्रवेश पाउनु दोश्रो विश्वयुद्धताका देखि नै गौरवको विषय हुँदै आइरहेको छ । कैयौं नेपाली युवाहरु वर्षेनी गोर्खामा भर्तीको लागि लड्ने गर्दछन्, प्रतिष्पर्धा गर्ने गर्दछन् ।

तर अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको छ । कोरोना संक्रमणका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको बेलायती सेनाको बिग्रेड अफ गोर्खा प्रमुख कर्णेल रिचर्ड गुडम्यानले जनाएका छन् । बेलायतले बर्सेनि प्रदेश १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिने गर्छ । यसपटक नयाँ भर्तीका लागि २१ मेदेखि १० जुलाई सम्म पोखरा र २३ मेदेखि जुलाई १० तारिखसम्म नयाँ नाम दर्ताका लागि मिति तोकिएको थियो ।



धरानको क्षेत्रिय छनोट २१ सेम्टेम्बरदेखि १८ अक्टोबर र पोखराको ९ अगस्टदेखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिए पनि कोराना संक्रमणका कारण स्थगित भएको छ । यसपटक भर्ती बन्द भए पनि अवस्था सहज भएमा गत वर्ष उत्तम अंक ल्याएर असफल भएकाहरुलाई मौका दिने बताएको छ । कोरोना महामारी सामान्य भएमा केन्द्रीय छनोट हुने र गत सालको रेक्रुट इन्टेक २० को क्षेत्रीय र केन्द्रीय छनोटमा उत्तम अंक ल्याएर असफल भएका युवालाई बेलायती सेनामा भर्ती हुन अवसर प्रदान गरिने कर्णेल गुडम्यानले विज्ञप्ती मार्फत जानकारी दिएका छन् । बेलायतले बेर्सेनि चार सय ३२ नेपाली युवालाई बेलायती सेनामा र एक सय २० युवालाई सिंगापुर प्रहरीमा भर्ती गर्दै आएको छ ।

सम्बन्धित समाचार