नवकान्तिपुर संवाददाता
धनगढी, २१ चैत्र ।

वर्षासँगै आएको पहिरोमा परि डोटीमा एक शिशुको ज्यान गएको छ । आइतबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो । उक्त पहिरोमा परि मृतक शिशुकी आमा २५ वर्षिया देवा नेपाली गम्भीर घाइते भएकी छन् ।
गम्भीर घाइते आमालाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
पहिरो आएको समयमा घरभित्र भक्त नेपालीका श्रीमती, दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन् । पहिरोले घरभित्रको सबै सरसामान पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन् ।
