नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मलाई स्थगित, प्रचण्ड पुगे बालुवाटार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबारसम्मको लागि स्थगित भएको छ । अध्यक्षद्वयबीचको वार्ता टुङ्गोमा नपुगेकोले बैठक सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

यसैबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन् । दुई अध्यक्षले पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटिका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको छ।



यसअघि हिजो दुई अध्यक्षबिच गतिरोध अन्त्यका लागि छलफल भएपनि सहमतिमा पुग्न सफल भएको थिएन । हिजोकाे बैठकमा दुवै पक्षले सशंकित तुल्याउने कुनै पनि गतिविधि नगर्ने अनौपचारिक सहमति भएको थियाे।

सम्बन्धित समाचार