नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार ।
नेपाल राष्ट्र बैंकले आजबाट ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै असार २२ गते सोमबारदेखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने बताएको हो । राष्ट्र बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं ज/८९०००००१ देखि ट/३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
५० रुपैयाँको नोटको अगाडिको भागको बाँयातर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा २०७५ लेखिएको छ । उक्त नोटमा तत्कालिन गभर्नर डा। चिरन्जीवी नेपालको हस्ताक्षर रहेको छ।
यस्तै नोटको पृष्ठ भागको मध्य भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने हिँउ चितुवाको चित्र रहेको छ । नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज फिप्टी नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर अंग्रेजीमा २०१९ एडि लेखिएको राष्ट्र बैंकले जानकारी गराएको छ।