सगुनको गैह्रकानुनी धन्धा छानविनको दायरामा

मिनी आइपीओको नाममा गैरकानुनी धन्दा गर्दैै आइरहेको सगुनलाई छानविनको दायरामा ल्याइएको छ । नेपालमा आएर मिनि आईपीओको नाममा सगुनले प्रचारप्रसार गर्दै आएको हुँदा छानविनको दायरामा ल्याइएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जुन देशका नागरिकले उक्त कम्पनीमा लगानी नै गर्न पाउँदैन, सोही देशमा आएर सगुनले बढी मात्रामा प्रचार प्रसार गर्दै आएको र मिनी आईपीओ नाममा हुण्डीको कारोबार समेत गरेको आंशकामा सगुनलाई छानविनको दायरामा ल्याइएको जानकारी दिए ।



अमेरिकामा दर्ता भएको सगुनले नेपालीलाई अमेरिकी कम्पनीको मालिक बनाउने भन्दै मिनी आईपीओ जारी गरी सगुनले नेपालमा प्रचारप्रसार गर्दै आइरहेको थियो । तर नेपाली पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गैर कानुनी रूपमा मिनी आईपीओको नाममा प्रचारप्रसार गर्दै हुण्डीको माध्यमबाट सगुनले रकम बाहिर लगेको सूचनाका आधारमा अनुसन्धान थालिएको थियो । अनुसन्धानपछि मिनी आईपीओ नाममा पब्लिक अफरिङ भन्दै गैरकानूनी रूपमा सेयर बिक्री वितरण तथा प्रचारप्रसार गर्दै आएको पत्ता लागेको बोर्डले जनाएको छ ।

नेपालभित्रबाट सेयर जारी गर्न वा नेपालबाट आईपीओका लागि प्रचारप्रसार गर्न नेपाल धितोपत्र बोर्डको अनुमति लिनुपर्ने भए पनि सगुनले नेपालको कानुनविपरीत खुलेआम सेयर बिक्रीको प्रचार प्रसार गर्दै आएको बुझिएको छ ।

सम्बन्धित समाचार