नवकान्तिपुर संवाददाता
रोम, २३ असार ।
विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उहाँ लामो समयदेखि विश्वमै चर्चित थिए ।
गुणस्तरीय फिल्महरुको निर्माता रहेका उनलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो । उनले झण्डै ५०० चलचित्रका लागि सङ्गीत सृजना गरेका थिए ।कोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् । उनले जीवनभरी आत्मसम्मानका साथ जीएको उनका सुभेच्छुक तथा उनलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् ।
‘उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो,’ इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भने । उनको निधनप्रति देशवासी र विश्वभरीका उनका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उहाँको योगदान र क्षमताको स्मरण गरेका छन् ।