नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।
दुर्गेश थापाका गीतहरु पछिल्लो समय निकै पपुलर भएका छन् । तीजको अवसरमा पारेर निकालेको बिच्च बिच्चमा भन्ने गीत र विर गोर्खाली गीतले यूट्युबमा राम्रो भ्युज पाएको थियो । यी गीतमा अभिनय गर्ने र गाउने उनी आफै थिए । तर अहिले आएको नयाँ गीतमा भने उनले अभिनय मात्र गरेका छन् ।
नायिका एलिजा गौतम र दुर्गेश थापा अभिनित आधी कपाल बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । नायिका गौतमको यो पहिलो म्युजिक भिडिओ हो । भिडिओ सार्वजनिक भएको तीन घण्टामै झण्डै एक लाखले हेरिसकेका छन् । चर्चित गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको उक्त गीतको भिडिओ निकै राम्रो बनेको छ ।
गीतमा बाल गायिका आयुषा गौतम र एलिजाकी छोरी एरिका धमलाको पनि अभिनय रहेको छ । खेम सेञ्चुरीको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो निर्देशन भने शिब बिकले गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ ।