ओली–प्रचण्डबीचको ‘वान टु वान’ छलफल सकियो, भयो यस्तो समझदारी

एक अर्कामा प्रत्यारोप र शक्ति संघर्षले फुटको नजिक पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबिच रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने सहमति भएको छ ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच वार्ता भएको हो । सो वार्तामा रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने र आपसी छलफल पनि कायम राख्ने कुरा भएको स्रोतले बताएको छ ।



नेकपाको स्थायी कमिटि बैठक बुधबार बस्ने छ । यसअघि सोमबारका लागि तय भएको बैठक दुई अध्यक्षबिचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएको थियो । ओली र प्रचण्डबिच सोमबार झण्डै डेढघण्टा चलेको छलफलमा पार्टीको विवाद दुई अध्यक्षबिच नै बसेर टुंग्याउने कुरा भएको नेताहरुले बताएका थिए ।

ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन ।  तर पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन् ।

सम्बन्धित समाचार