नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।

काठमाडौंमा बितेको २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणको क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
त्यस्तै पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजो मात्र काठमाडौंमा २४ जनामा कोरोना संक्रमण देखिएको थियो भने काठमाडौं उपत्यकाका ३ जिल्लामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो । नेपालमा आज (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।
