घुस काण्डमा डिल्लीबजार मालपोतका प्रमुख अख्तियारको नियन्त्रणमा

सरकारी कार्यालयमा घुस खाने गरेको समाचार बेल बखत आइरहन्छ । खरीदार र सुब्बादेखि लिएर उच्च पदस्त कर्मचारी पनि भ्रष्टाचार र घुसमा लिप्न छन् । देशमा कम्युनष्ट पार्टीले शासन गरेतापनि यसमा कुनै कमी आएको छैन ।

यसै सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मंगलबार साँझ अख्तियारले उनलाई नियन्त्रणमा लिएपनि अहिलेसम्म गोप्य राखेको छ। असार २ मा डिल्लीबजार मालपोतका अधिकृत रघुवंश कँडेलसहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित पक्राउ परेपछि अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको थियो ।



पक्राउ परेका कर्मचारीहरुले उनको आदेशमा घुस लिएको बताएपछि उनलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ । जग्गाको कित्ताकाट गर्ने आदेश गराईदिए बापत उनीहरुले सेवाग्राहीसँग घुस लिएका थिए । सो प्रकरणमा मालपोत प्रमुखको समेत संलग्नता भन्ने बयान पक्राउ परेका कर्मचारीबाट आएपछि उनलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतको दावी छ ।

सम्बन्धित समाचार