५०० भन्दा बढी संक्रमित भएका यी ६ जिल्ला, उपत्यकामा बढ्यो जोखिम

नेपालमा हिजो (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस ‘कोभिड-१९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।



५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला :

महोत्तरी, रौतहट, पाल्पा, कैलाली, अछाम, बाजुरा

नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो अपडेट दिँदै भने – ‘केही दिनयता संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको छ ।’

सम्बन्धित समाचार