खुल्ला आकाशमुनि अचम्मकाे हाेटल

संसारमा मानिसलाई विचित्र विचित्रको कामहरु गर्न उत्सुक हुन्छन् । यसो गर्नुको पछाडिको कारण सबैले चिनुन् भन्ने रहेको हुन्छ भने अर्को केही नयाँपन दिउँ भन्ने हुन्छ । यस्तै आज हामी तपाईंलाई एउटा अचम्मको होटलको बारेमा बताउन गैरहेका छौं ।

न भित्तो न छानो, यस्तो अचम्मको होटल के तपाईले देख्नु भएको छ ? यदि छैन भने आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिँदैछौँ । तपाईलाई सुन्दा अचम्म लाग्यो होला तर यो कुरा सत्य हो ।  संसारमा बिना छानो र कुनै पनि भित्ताहरु नभएको होटेल रहेको छ । जुन निकै चर्चित पनि छ । यस्तो अनौठो होटेल स्विजरल्याण्डमा रहेको छ । जसको नाम नल स्टर्न होटेल रहेको छ । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् ।



एउटा डाँडोको टुप्पोमा रहेको यो होटलमा बाथरुमको पनि कुनै व्यवस्था छैन । स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले यो होटल बनाएको मानिएको छ । पछि ग्राहकहरुले यसलाई मन पराउन थालेपछि पर्यटकका लागि यो खुल्ला गरिएको थियो ।

यो होटल देख्दा सामान्य रहे पनि त्यहाँ एक रातका लागि अढाई सय डलर खर्च गर्नुपर्दछ ।

सम्बन्धित समाचार