बलिउडका वरिष्ठ तथा प्रसिद्ध अभिनेता तथा जावेद जाफरीका पिताको निधन

बलिउडका वरिष्ठ तथा प्रसिद्ध अभिनेता तथा चर्चिच हाँश्यव्यंग्यकार जगदीपको निधन भएको छ । उनको बुधबार बेलुका मुम्बईस्थित घरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

८१ वर्षका जगदीप क्यान्सरसँग लडिरहेका थिए । बुधबार बेलुका साढे आठ बजे निधन भएका उनको बिहीबार बिहान ११ बजेपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको बिबिसीले हिन्दीले लेखेको छ ।



उनको निधनपछि बलिउड शोकमा छ । अभिनेता अनुपम खेरले ट्वीट गरेर अर्को एक तारा धर्तीबाट आकाश गएको उल्लेख गरेका छन् । जगदीपले बलिउडका सुपरहिट चलचित्रहरुमा काम गरेका छन् । उनले शोले चलचित्रमा सूरमा भोपालीको भूमिका निर्वाह गरेका थिए । यस्तै अन्दाज अपना अपनामा उनले गरेको कामको पनि खुब चर्चा हुने गर्छ ।

जगदीपले झण्डै ४०० चलचित्रमा काम गरेका छन् । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । तर चलचित्र जगतमा उनी जगदीपका नामले चर्चित भए । उनको जन्म सन् १९३९ को मार्च २९ मा भएको हो । चर्चिच अभिनेता जावेद जाफरी र नावेद जाफरी उनका छोरा हुन् ।

सम्बन्धित समाचार