नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
गायिका तथा मोडल ज्योती मगरले फेसबुकमा स्टाटसलेखेर आफ्नो मनोसामाजिक समस्या व्यक्त गरेकी छन् । बिहीबार बिहान फेसबुकमा लामो स्टाटस राखेर एकले अर्कालाई परेको समस्या साटौँ भनेकी छन् । सामाजिक सञ्जालमा चलिरहेको बहसलाई औँल्याउँदै मगरले आफूलाई यो विषयमा अगाडिदेखि नै बोल्न मन भएको भए पनि यसको संवेदनशीलतालाई नबुझ्ने डर भएको बताएकी छन्।
उनले लेखेकी छन्, ‘बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि विभिन्न समाजिक सञ्जालमा धेरैले भन्नुभयो, ‘यदि तपाईँलाई समस्या छ भने म सँग कुरा गर्नुहोस्, म तपाईँसँग छु ।’
‘मलाई पनि भन्न मन छ, कति धेरै समस्याहरु छन्, तर म भन्न सकिरहेको छैन । कतै मेरो समस्या शिल्पा पोख्रेलको कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो बन्यो भने रु समस्या समाधान हुनुको साटो अझै समस्याहरु आयो भने रु सायद मैले मेरो निन्द्रासँग अझ धेरै सम्झौता गर्नुपर्छ होला ।’
मगरले आफू ५(७ वर्षदेखि राति राम्ररी नसुतेको बताएकी छन् । त्यसैले उनले सबैलाई आग्रह गरेकी छन्, ‘तपाईँहरु पनि म जस्तै निन्द्रसँग सम्झौता गर्नु भएको छ भने आउनुहोस इनबक्समा दुख सुखको कुरा गरौँ, भन्न नसकेका कुराहरु एक अर्कासँग साटेर बेस्सरी आँशु झारौँ ।’
मगर अहिले आफ्नो गृहजिल्ला रोल्पामा छिन् ।