नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।
नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टितेलमा एक-एक रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोल प्रति लिटर १ सय २, डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँमा बिक्रि वितरण हुने छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ ।
निगमको संचालक समितिको आज बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । पछिल्लो पटक वृद्धि भएको मूल्य शुक्रबार राती १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।