यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ । यसैगरी, महाशाखाले देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले दिउँसोको मौसम पूर्वानुमान गर्दै देशभर सामान्यदेखि पूर्ण बदली हुने र सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।



यस्तै, महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।

रातिको मौसम पूर्वानुमानमा देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

सम्बन्धित समाचार