अन्त्येष्टि गरेको ९ दिनपछि जीवितै फर्किएपछि श्यामचरण

गुल्मीका १ जना पुरुष अन्त्येष्टि गरेको ९ दिनमा जीवितै घर फर्किएका छन् । गुल्मी रुरु गाउँपालिका-५ का श्यामचरण भण्डारी अन्त्येष्टि गरेको ९ दिनमा जीवितै भेटिएका हुन् । मृत्यु भयो भनेर परिवारले किरिया बसेको ९ दिनमा शनिबार उनी जीवितै भेटिएका छन् ।

सामान्य बिरामी खालका श्यामचरण भण्डारी केही दिनअघि रूपन्देहीको मणिग्रामबाट हराएका थिए । उनी हराएपछि घरपरिवार र आफन्तले खोजतलास गरेका थिए । खोजी गर्ने काम भइरहेको अवस्थामा गुल्मी रुरुकै साघाट भन्ने ठाउँमा १ जना पुरुषको शव भेटिएको थियो ।



९ दिनअघि नाङ्गाे अवस्थामा भेटिएको शवलाई स्थानीयले श्यामचरणको भनी किटानी गरेपछि सामाजिक परम्पराअनुसार अन्त्येष्टि गरी परिवारका सदस्य किरिया बसिएको श्यामचरणका छिमेकी मोती पौडेलले बताए ।

नवौं दिनको किरिया कार्य चलिरहेको बेला उनी गाउँमा आएपछि एकछिन खैलाबैला भएको थियो । उनलाई फेरि विधिवत घर भित्र्याउने तयारी भैरहेको छ ।

सम्बन्धित समाचार