पारसकी छोरी पूर्णिका भन्छिन्- ‘मेरो कसैसँग लभ परेकै छैन’

हालै पूर्वयुवराज पारस शाहको ठूली छोरी पूर्णिका शाह आफूभन्दा झण्डै १० वर्षले जेठो युवकसँग प्रेममा परेको खबर सार्वजनिक भएको थियो । पूर्णिकाले सो समाचारप्रति ध्यानआकर्षण भएको भन्दै समाचारमा सत्यता नभएको बताएकी छिन् । आफू कसैसँग कुनै किसिमको सम्बन्धमा नरहेको उनले प्रष्ट पारेकी छिन् ।

मुख्तियार माथवरसिंह थापाका सन्तान, सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिज धर्म सिंहसँग प्रेम सम्बन्धमा पूर्णिको बताइएको थियो ।



थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्म सिंहलाई भेटेको र पूर्णिकाले धर्मसँगको सम्बन्धबारे थाइल्याण्डमा हुँदै आमा हिमानीसँग शेयर गरेको भन्ने खबरहरु यसअघि बाहिरिएका थिए ।

सम्बन्धित समाचार