ऐश्वर्या र जया बच्चनमा देखिएन कोरोना

अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ। अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको परीक्षण गरिएकोमा ऐश्वर्या र जयाको रिपोर्ट भने नेगेटिभ आएको हो।

परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट भने आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना संक्रमण भएपछि अमिताभ र अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्।



उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। ७७ वर्षीय अमिताभले ट्वीट गर्दै आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका थिए।

सम्बन्धित समाचार