भारतको मध्य प्रदेशमा एक युवाको एकैचोटी एकै मण्डपमा दुई युवतीसँग बिहे

भारतको मध्य प्रदेशमा एक युवकले दुई युवतीसँग एकसाथ बिहे गरेका छन् । मध्य प्रदेशको एमपीस्थित बैतुलका सन्दीप उइकेले ८ जुलाईमा जिल्लाको घोडाडोंगरी ब्लकको केरिया गाउँमा दुई युवतीसँग बिहे गरेका हुन् ।

रोचक के छ भने बिहेका लागि दुबै युवती र उनका परिवार सहमत थिए । एक त युवकले आफै मन पराएकी प्रेमिका थिइन् भने अर्की बुवाआमाले मन पराएकी मंगेतर । इण्डिया टाइम्सका अनुसार सन्दीपले होशंगावादकी कलेज पढ्दादेखिकी प्रेमिका र घोडाडोंगरी ब्लकस्थित कोयलारी गाउँकी मंगेतरसँग एकै मण्डपमा सात फेरा लिएका हुन् ।



पञ्चायतकै निर्णय

अभिभावक मंगेतरसँगै बिहे गर्नुपर्ने अडानमा थिए । सन्दीप प्रेमिकासँग गर्ने अडानमा । विवाद पुग्यो पञ्चायतमा। पञ्चायतले यदि दुबै युवती सन्दीपसँग सहमत भए बिहे गरिदिने फैसला सुनायो । दुबै युवती तयार भए, अनि एकै मण्डपमा दुई युवतीले सन्दीपको हातबाट सिन्दुर लगाए । पञ्चायतको निर्णयपछि दुलाहा र दुबै दुलहीका परिवारले खुसीखुसी बिहे गरिदिए । बिहेको साक्षी बसे पञ्चायतका उपाध्यक्ष मिश्रीलाल परते ।

सम्बन्धित समाचार