नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असार ।
हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले कलाकार तथा निर्देशक दिपाश्री निरौलाप्रति भइरहेको गालीगलौज बन्द गर्न आग्रह गरेका छन् । उनले कुनै विषयमा असहमति भए अथवा आलोचना गर्नु परे शभ्य भाषा प्रयोग गरिदिन पनि आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत घिमिरेले भनेका छन् ‘दीपा दिदीबाट गल्ती भएकै हो, माफी पनि मागीसक्नुभयो, सच्चिएर अगाडि बढ्ने मौका दिनुहोस् ।’ उनले फेसबुक स्टाटसको सुरुमै लेखेका छन्, ‘आदरणीय दर्शकलाई मेरो अनुरोधः बिगत केही दिनदेखि निरन्तर रुपमा निर्देशकरकलाकार दीपा दिदीमाथि तल्लो स्तरका गाली गलौज् भइरहेका छन्। हो, दिदीको गल्ती थियो, माफी पनि मागी सक्नुभयो। म पनि महानायक राजेश दादासँग ब्यक्तिगत रुपमा माफी माग्दछु। कुन गल्तीको सजायँ कति भन्ने पनि त होला नि। छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाईदिने त रु दिपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चाहीँ पक्कै हो। अघिपछि राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठूलै दशा रैछ।’
घिमिरेले दीपाश्री निरौला मनको दयालु रहेको कुरा पनि उल्लेख गरेका छन् । ‘उहाँ मनको दयालु हुनुहुन्छ, बर्सेनि १५ जना गरीब बच्चाहरुको स्कुल फि तिरिदिनुहुन्छ, कोही कलाकार प्राविधिकको दुखमा पुगिहाल्नुहुन्छ, भलै बैगुण पनि होलान् । गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडि बढ्ने मौका दिनुहोस् ।’
उनले केही गल्ती नहुँदा पनि ‘छ माया छपक्कै’ को ट्रेलर रिलिज हुँदा सुरुमै करिब १२ सय नेगेटिभ कमेन्ट आएपछि आफू दोस्रो पटक डिप्रेशनमा गइसकेको कुरा सम्झना गर्दै नकारात्मक टिप्पणी र असभ्य गालीले कलाकार मानसिक रुपमा विक्षिप्त हुने आशय व्यक्त गरेका छन् ।
‘यिनीहरुको फिल्म् फ्लप् भैहालोस्, जोकरहरुको फिल्म कस्ले हेर्छ र रु आदी इत्यादी । यहि कारणले म झण्डै दोश्रो पटक डिप्रेशनमा गएको थिए । वर्ष भरि मेहनत गरेर बनाएको फिल्म फ्लप् हुँदा कुन तत्वलाईं फाईदा पुग्दो रैछ रु मैले अहिले सम्म बुझ्न सकेको छैन’, उनले भनेका छन्, ‘ त्यो तत्व ९जो फेक आईडीसहित कमेन्टमा हाजिर हुन्छ०सँग सम्बन्धित ब्यक्ति लाई त मेरो भन्नु केही छैन । तपाईँ जो साच्चै भगवान जस्ता दर्शक हुनुहुन्छ, कृपया आलोचना नै गर्नु परे पनि सभ्य तरिकाले गरिदिनुहोला भनि अनुरोध गर्दछु ।’
छक्का पञ्जा टिमबाट माग्ने बुढालाई अलग गरौँ भन्ने कमेन्टबारे पनि घिमिरेले मुख खोलेका छन् । उनले लेखेका छन्, ‘छक्कापञ्जा टिमबाट माग्ने निकालौँ’ भन्ने कुरा पनि आएको रैछ, हाम्रो टिममा सबै लेखक निर्देशक छौँ, आफै आफै छुट्टै चलचित्र पनि बनाउन सक्छौँ, तर छुट्टाछुट्टै चलचित्र बनाउँदा कमजोर नबनोस्, हलमा आएका दर्शक निराश भएर नफर्किउन् भनेर एक आपसमा मिल्छौँ। नेपाली चलचित्रमा सबै कुरा अन्तर्राष्ट्रीय स्तरको छ, एउटै कुराको कमी छ त्यो हो स्क्रिप्ट, त्यहि स्कृप्ट को लागि अरु टिममा पनि धेरै धेरै साथीहरु एक आपसमा मिल्न जरुरी देखिन्छ। तपाईंहरुले मलाई ब्यक्तिगत् रुपमा गर्नुभएको अगाध् माया र स्नेह शीरमा राखेको छु। केही गल्ती लेखेको भए तपाई पनि माफ गरिदिनुहोला’ घिमिरेले भनेका छन् ।
https://www.facebook.com/Kedar.Ghimire.magne/posts/3733210293360741