नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असार ।
बलिउड अभिनेता अनुपम खेरको परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । आफ्नी आमा, भाइ, भाउजु र भतिजीलाई कोरोना भाइरसको संक्रमण देखिएको अनुपम खेरले आइतबार ट्वीट गरेर जानकारी दिएका छन् । उनीहरुलाई मुम्बईको कोकिलावेन अस्पतालमा भर्ना गरिएको पनि अनुपमले जानकारी दिएका छन् ।
यसअघि बलिउड अभिनेता अभिताभ वच्चन र अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । अमिताभ र अभिषेकले पनि ट्वीट गरेर आफूहरु संक्रमित भएको बताएका थिए। उनीहरुको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ ।
This is to inform all that my mother Dulari is found Covid + (Mildly). We have admitted her into Kokilaben Hospital. My brother, bhabhi & niece inspite of being careful have also tested mildly positive.I got myself tested as well & I have tested negative. @mybmc is informed.!🙏 pic.twitter.com/EpjDIALft2
— Anupam Kher (@AnupamPKher) July 12, 2020