कस्तो अचम्मको चुरोटको लत ? गोली लाग्दा पनि चुरोट तान्न छोडेनन् यी व्यक्तिले (भिडियोसहित)

नशालु पदार्थको लत मानिसमा अचम्मको हुन्छ । फोक्सोको बिरामीले चुरोट खाइरहेको हुन्छ । त्यस्तै लिभरको बिरामीलाई रक्सी खानै हुँदैन तर पनि केही मानिसहरु लिभरको बिरामीका बाबजुद रक्सी खाइरहेका हुन्छन् । तर भारतमा एउटा अचम्मको घटना घटेको छ ।

अहिलेको जमाना भनेको सोसल मिडियाको हो । मानिसहरु सोसल मिडियामा भाइरल हुन विभिन्न हर्कत गर्दछन् । यो घटना सोसल मिडियामा भाइरल बन्न गरेको त होइन तर ती व्यक्तिको हर्कतले उनी सोसल मिडियामा भाइरल बनिरहेका छन् । एक व्यक्तिलाई गोली लागेपछि स्ट्रेचरमा सुताएर अस्पताल लगिँदै छ । तर ती व्यक्ति स्ट्रेचरमा सुत्दा पनि चुरोट तान्न छोडेका छैनन् ।



यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो भारतको ओडिशाको रहेको बताइएको छ । उक्त गोली लागेको मानिस हरियाणको रहेको शेयर गरिएको पोस्टमा लेखिएको छ ।

https://twitter.com/arunbothra/status/1276802081622331392?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1276802081622331392%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fwww.lokpath.com%2Fstory%2F275809

सम्बन्धित समाचार