नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।
भारतीय टेलिभिजन शृङ्खला ‘कसौटी जिन्दगी के’ का कलाकार पार्थ सम्थानमा पनि कोरोना संक्रमण देखिएको छ । सम्थान आफैँले इन्स्टाग्राममार्फत यस कुराको जानकारी दिएका हुन् ।
यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘सामान्य लक्षण देखिएपछि मैले कोरोना परीक्षण गराएकोमा रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो २,३ दिनदेखि मेरो नजिक हुनुभएका सबैलाई कोरोना परीक्षणको लागि जान अनुरोध गर्दछु । बीएमसी र डाक्टरसँग दैनिक सम्पर्कमा छु र म घरमै क्वारेन्टिनमा बसिरहेको छु, सबैमा धन्यवाद र सुरक्षित रहनुहोला ।’
सम्थानलाई कोरोना भएसँगै ‘कसौटी जिन्दगी के’ को छायांकन ३ दिनको लागि स्थगित गरिएको छ भने टेलिशृङ्खलाका सबै टिमलाई सेल्फ क्वारेन्टिनमा बस्न र सम्थानसँग नजिक रहेका केही टिम सदस्यलाई भने परिक्षणका लागि जान सुझाएको छ । लकडाउनपछि उनी जुन २७ गतेदेखि छायाङ्कनमा फर्किएका थिए ।