नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।

भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड प्यूठान जिल्लाका विभिन्न स्थानमा पुगेको छ । एकै समयमा ठूलो संख्यामा हुल बाँधेर उड्ने र हरियोपरियोमा बसेर त्यो सखाप पारेर मात्रै अन्यत्र हिँड्ने सलह कीरा हिजो दिउँसो भारतबाट दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा प्रवेश गरेको थियो ।
त्यो झुण्ड अहिले प्यूठानका विभिन्न ठाउँहरुमा पुगेको प्रदेश कृषि निर्देशनालयले जनाएको छ । सलहले किसानले लगाएको मकैबालीमा क्षति पुर्याएको छ ।
यसअघि आएको सलहले कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीमा प्रवेश गर्दै क्षति पुर्याएको थियो । यसपटक नेपाल प्रवेश गरेको सलहले कति क्षति पुर्यायो भन्ने एकिन छैन । यसबारे जानकारी संकलन भईरहेको छ ।
