नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।

कोरोनाबाट लगभग विश्वका सबै देश प्रभावित भएका छन् । सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ भने दोश्रोमा ब्राजिल छ । त्यसैगरी तेश्रोमा हाम्रो छिमेकी राष्ट्र भारत रहेको छ ।
दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ८ लाख ७९ हजार ४८७ भन्दा बढी छ भने २३ हजार १९४ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
दक्षिण एसियामा अन्य देशको तुलनामा भुटान कम प्रभावित देखिएको छ । हालसम्म भुटानमा ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन । यस्तै पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६२५ पुगेको छ भने ५ हजार २६६ जनाले ज्यान गुमाएका छन् ।
बंगलादेशको अहिलेसम्म १ लाख ८३ हजार ७९५ भन्दा बढी कोरोना संक्रमित बनेका छन् भने २ हजार ३५२ जनाको मृत्यु भएको छ । यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३४ हजार ४५५ पुगको छ भने १ हजार १२ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसम्म कारण १६ हजार ८०१ जना संक्रमित भएका छन्। तीमध्ये अहिलेसम्म ३८ जनाको संक्रमणका कारण निधन भएको छ । यस्तै माल्दिभ्समा अहिलेसम्म २ हजार ७ सय ३१ जनामा कोरोना देखिँदा १३ जनाको मृत्यु भएको छ ।
श्रीलंकामा २ हजार ६ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाले ज्यान गुमाएका छन् ।
