नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असार ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिण तिर सरेको जनाएको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ । यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानमा मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । र, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।
