नेपालीकै पोर्न साइट बनाएर भिडियो अपलोड गर्ने पक्राउ

नेपालमा सम्पूर्ण विदेशी पोर्न साइटमा प्रतिबन्ध लगाइएको छ । यस्तोमा नेपालमै पोर्न साइट बनाएर नेपाली युवतीका अश्लील भिडियो अपलोड गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर अपराध ब्युरोले काठमाडौंको गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो । सुरजले ब्लुसंसार डटकम नामको पोर्न साइट खोलेर चितवनकी एक युवतीको अश्लील भिडियो अपलोड गरेको ब्युरोले जनाएको छ ।



विद्युतीय कारोबार ऐन २०६३ अनुसार सुरजविरुद्ध अदालतबाट ७ दिनको म्याद थप भएर अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार