‘हृदयमा छँदैछन् ‘राम’, चिन्ता राजु सदाहरुको गरौं’ : विश्वप्रकाश शर्मा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले अयोध्यातिर ध्यान मोड्न छाडेर नयाँ नक्साअनुसार नेपाली भूमिमा हक कायम गर्न कूटनीतिक पहल थाल्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका सम्बन्धमा दिएको विवादित अभिव्यक्तिपछि प्रवक्ता शर्माले यस्तो आग्रह गरेका हुन् ।

कोरोना र कालापानीको विषय प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन दुई कर्तव्य रहेको भन्दै प्रवक्ता शर्माले ‘राम’को चिन्ता गर्न छोडेर राजु सदाको चिन्ता गर्न सुझाव दिएका छन् । ‘हृदयमा छँदैछन् ‘राम’, चिन्ता राजु सदाहरुको गरौं’ उनले ट्वीटमा भनेका छन् ‘सम्झाउने कर्तव्य हाम्रो, बुझाउने जिम्मेवारी नेकपाको !’



त्यसैगरी, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेको बताएका छन् ।

सम्बन्धित समाचार