नेपाल लाइफ इन्स्योरेन्सबाट सिइओ झाले लिए विदा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा साउन १ गतेबाट विदा लिदैंछन् । उनले संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलता पूर्वक पूरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिन लागेका हुन् । नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सूचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको एक विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

सदैव आफ्ना सहकर्मी कर्मचारीहरूलाई आफ्नो मूल शक्ति मान्ने र अभिकर्ताहरूलाई प्रगतिको साझेदारको रूपमा सम्मान गर्नुहुने झाले अभिकर्ताहरूको लगनशीलता, बीमितहरूको विश्वास, कर्मचारीहरूको साथ, शेयर धनीहरूको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेकाले अभिकर्ता, बीमित, कर्मचारी, शेयर धनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै सबैलाई आभार प्रकट पनि गरे ।



उनले हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरिका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पुर्याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा पस्किदै जाने विश्वास पनि व्यक्त गदै सिइओ झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरे ।

संचालक समिति अध्यक्ष गोविन्दलाल संघईले सिइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवादका साथै कृतज्ञता व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार