नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।
अमिताभ बच्चन, उनका छोरा अभिषेक बच्चन, अनुपम खेरको आमा र भाइ पछि बलिउड अभिनेता फराहन अख्तरको घरको गार्डलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना पोजेटिभ देखिएका गार्डलाई क्वारेन्टाइनमा राखिएको छ ।
बान्द्रामा रहेको फराहनको घर अभिनेत्री रेखाको बंगलासँगै रहेको छ । घरका गार्डलाई कोरोना देखिएपछि घरका अरु सदस्यको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ ।
फराहन यो भवनमा बहिनी जोया र आमा हनि इरानीसँग बस्छन् ।