मोबाइलको अलार्म घण्टीमा सुँगाले ग-यो गज्जबको डान्स, सोशल मिडियामा भिडियो भयो भाइरल (भिडियाे सहित)

बेला बेला सोशल मिडियामा पक्षीहरुको विभिन्न भाइरल भिडियोहरू देख्न पाइन्छ । यसैको बीच अमेरिकी बास्केटबल खिलाडी रेक्स चैपमैनले एक भिडियो शेयर गरेका छन् जसलाई मानिसहरूले निकै मन पराएका छन् । भिडियोमा एउटा सुगाले अलार्म घण्टीमा गज्जबको डान्स गरेको छ, जसलाई देखेर सबैको मन मुग्ध बन्ने छ ।

रेक्स चैपमैलेले भिडियोको साथ क्याप्सन लेखेको छन्, ‘ठीक छ, यो चरा कैयौं अलार्म रिंगटोनमा डान्स गरिरहेको छ । निश्चित रूपले यो ट्वीटरको लागि एउटा राम्रो सामाग्री हो ।’ यो भिडियोले लाखौं भ्यूज, लाइक्स र कमेन्ट पाइरहेको छ ।



भिडियोमा देख्न सकिन्छ कि एउटा व्यक्तिको हातमा मोबाइल छ । उसले एक एक गरेर फोनको रिंगटोन परिवर्तन गरिरहेको छ । उसको नजिकै बसेको सुगा रिंगटोनमा डान्स गरिरहेको छ । मानिसहरूले सुगाको डान्स निकै मन पराएका छन् ।

सोशल मिडिया युजर्सको प्रतिक्रिया

एक युजरले भनेका छन्, सुगाले शानदार डान्स गरेको छ । म यो कहिल्यै गर्न सक्दिन । त्यस्तै अर्का युजरले लेखेका छन्– यो डान्सले मेरो दिनको शुरुवात राम्रो गरिदियो, निकै शानदार भिडियो छ ।

भिडियाे

https://youtu.be/HWqppm85tvw

सम्बन्धित समाचार