नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालमध्ये एक निकालिए वा निक्लिए भने नेकपाको वैधता त्यसै पलदेखि नै सकिने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता बाँस्कोटाले नेकपाको स्टेकहोल्डर ओली र पुष्पकमल भएकोले यी दुईमध्ये एक निकालिए वा निक्लिएले पार्टीको वैधता त्यसै पलदेखि नै सकिने बताएका हुन् ।
पछिल्लो समय नेकपाभित्रको विवाद बढ्दै गइरहेको र पार्टी एकतामा नै संकट उत्पन्न भएको भन्ने विश्लेषण भइरहेको बेला नेता बाँस्कोटाको यस्तो प्रतिक्रिया आएको हो ।
‘स्टेकहोल्डर को हुन ? एमालेका ओली र माओवादीका पुष्पकमल हुन्’ बाँस्कोटाले ट्वीटमा लेखेका छन् ‘जसमध्ये एक निकालिए वा निक्लए भने नेकपाको वैधता त्यसैपलदेखि सकिन्छ । किनभने दुबै अध्यक्ष थिए र छन् ।’
