सलमान खानले पोष्ट गरेको फोटोले ट्वीटरमा ट्रोलको शिकार

बलिउडका सुपरस्टार सलमान खानले लकडाउनको सबैजसो समय आफ्नो पानभेल फार्म हाउसमा बिताएका छन् । यो समयमा अभिनेताले गीत रेकर्ड गराए, केही विज्ञापनहरु, केही प्रवद्र्धनका दृश्यहरु खिचाए । उनले ट्वीटरमा सँधै आफ्नो कामको जानकारी गराईराखेका छन् । उनका पोस्टमा हजारौँ फ्यानको राम्रो प्रतिक्रिया देखिन्छ । तर हालै उनले सार्वजनिक गरेको एउटा पोस्टलाई भने दर्शकले ट्रोल गरेका छन् ।

गएको मंगलबार सलमानले एउटा तस्बिर सार्वजनिक गरेका छन्, जसमा उनी माटोमा लतपतिएका छन् । यो फोटोलाई साझा गर्दै उनले लेखेका छन्, ‘कृषकको सम्मान गरौँ ।’ यो तस्बिरले सलमान खेती किसानी मुडमा रहेको देखाउँछ तर उनको यो कामलाई दर्शकले मन पराएका छैनन् ।



धेरैले सलमानको यो कामलाई ‘ओभर याक्टिङ’ भनेका छन् । धेरैले उनलाई माटो हातमा दलेको भएपनि खुट्टामा दल्न बिर्सिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अर्को ट्वीटमा भनिएको छ, ‘अपराधीहरु झुटो मानवता देखाउन कति मेहनत गरिरहेका छन् । मानवता देखाउने भए ती निर्दोष जनावर अनि फुटपाथमा हिँडेका मानिसहरुमाथि देखाउ, नराम्रो काममा संलग्न नहोउ ।’

केही प्रयोग कर्ताले सलमानको किसानलाई सम्मान गर्ने तरिका गलत भएको बताएका छन् । ‘त्यस्ता किसानहरुलाई सलाम जो फोटोबिना काम गर्छन्, जसले इन्टरनेटमा फोटो हाल्दैनन्, कसैले थाहा नपाउने गरी खेतमा काम गर्छन् अनि लाइमलाइटबाट टाढा रहन्छन् ।’

ट्वीटरमा कमै मानिसले मात्र उनको यो तस्विरको प्रशंसा गरेका छन् ।

सम्बन्धित समाचार