लमजुङमा थपिए २२ जना कोरोना संक्रमित, कहाँका कति ?

लमजुङका थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् । लमजुङको ५ स्थानीय तहमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहति २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष छन् ।



संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोनविन्दु शर्माले जानकारी दिए । उनीहरुको संपर्कमा आएको व्याक्तिहरुको पहिचानको काम पनि अगाडि बढाइएको गण्डकी स्वास्थ्य निर्देशनालय जनाएको छ ।

सम्बन्धित समाचार