नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न शिक्षा मन्त्रालयले ठोस पलह गर्न नसकेको बताएका छन् । शुक्रवार रिपोर्टस क्लव नेपालमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
शिक्षा क्षेत्रमा देखिएको अहिलेको समस्यालाई कसरी समाधान गर्न सकिन्छ त्यस विषयमा मन्त्रालयले कार्ययोजनामात्रै होइन, गुरुयोजना नै बनाएर अघि बढ्नुपर्ने उनको भनाई थियो । अहिलेको विषम परिस्थितिले शिक्षा क्षेत्रमा सिर्जना भएको समस्यालाई सम्वोधन गर्ने मुख्य अभिभाकत्व शिक्षा मन्त्रालयको हुनुपर्नेमा त्यस्तो हुन नसकेको उनले बताए ।
अध्यक्ष ढुंगानाले यस्तो बेलामा पनि शिक्षा मन्त्रालयले केही नगर्ने हो भने मन्त्रालय, मन्त्री र सरकार किन चाहियो ? भनी प्रश्न समेत गरे । साथै उनले अनलाइन र भर्चुअल कक्षा बन्द गर्ने प्याब्सन र एनप्याब्सनको निर्णयका कारण विद्यार्थीहरु पढ्न पाउने अधिकारबाट बञ्चित भएको भन्दै अध्यक्ष ढुंगानाले प्याब्सन र एन प्याब्सनको उक्त निर्णय फिर्ता लिनसमेत आग्रह गरे ।
निजी विद्यालयको विषयमा सरकारले कुनै निर्णय गर्न नसकेको भन्दै प्याब्सन र एनप्याब्सनले हिजो (विहीवार) देखि अनलाइन र भर्चुअल कक्षा बन्द गर्ने निर्णय गरेको थियो ।
