नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।
कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म १ करोड ४२ लाख जना मानिस संक्रमित भएका छन् । ज्यान गुमाउनेको संख्या भने ६ लाख नजिक छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५ लाख ९९ हजार ३४१ जनाको निधन भैसकेको छ । संक्रमितमध्ये ८४ लाख ५५ हजार जना मानिस भने उपचारपछि निको भएका छन् ।
अमेरिकामा हालसम्म सबैभन्दा बढी ३७ लाख ७० हजार जना संक्रमित भेटिएका छन् । त्यहाँ ज्यान गुमाएका संक्रमितको संख्या १ लाख ४२ हजार ६४ पुगेको छ । अमेरिकामा एकैदनि ७४ हजार ५०० संक्रमित थपिएका छन् । अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रसिया र पेरुमा धेरै संक्रमित भेटिएका छन्। ब्राजिल, बेलायत, मेक्सिको, इटली र फ्रान्समा अन्यत्रभन्दा धेरै संक्रमितको मृत्यु भएको छ।
भारतले संक्रमितको संख्यामा रूसलाई पनि उछिनेको छ। त्यहाँ संक्रमितको संंख्या १० लाख ४० हजार ४५७ जना पुगेको छ। २६ हजार २८५ जनाको निधन भएको छ भने ६ लाख ५४ हजार ७८ जना उपचारपछि निको भएका छन् ।
नेपालमा भने १७ हजार ४४५ जनामा संक्रमण देखिएकोमा ४० जनाको निधन भैसकेको छ । ११ हजार ५३४ जना भने उपचारपछि निको भएका छन् ।