राष्ट्रपति भण्डारीलाई भेटेर के भने ओली-प्रचण्डले ?

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ भेटवार्ता गरेका छन् । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् । भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

राष्ट्रपतिसँग दुई अध्यक्षले नेकपाको विवाद जसरी भए पनि सहमतिमै अघि बढाउनेबारे शीतलनिवासमा परामर्श भएको छ। नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला शनिबार सचिवालय बैठकसमेत बसेको थियो । सचिवालय बैठक विवाद समाधानका लागि सकारात्मक दिशातर्फ अघि बढेको जनाइएको छ ।



बैठकमा ओलीले मंसिरभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए भने प्रचण्डले सहमति जनाएका थिए । वरिष्ठ नेता माधव नेपालले भने दुई अध्यक्षको चोचोमोचो मिल्दैमा मंसिरमा महाधिवेशन सम्भव नरहेको बताएका थिए । दुई अध्यक्षको एकलौटी प्रवृत्तिविरुद्ध देशभर कार्यकर्तालाई आन्दोलनामा ल्याउने चेतावनीसमेत नेपालले दिएको बताइन्छ ।

सम्बन्धित समाचार