विश्वभर कोरोनाबाट ६ लाख ४ हजारको निधन, १ करोड ४४ लाख संक्रमित

कोरोना भाइरसको संक्रमण विश्वभर ६ लाख ४ हजार ८२३ जना मानिसको निधन भएको छ । यसमध्ये ५ हजार ८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । त्यसैगरी १ करोड ४४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख २४ हजार ६५ जनामा संक्रमण देखिएसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४४ लाख २२ हजार ४६८ पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या ८६ लाख ११ हजार ६५७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार ८८९ जनाको मृत्यु भएको छ । २६ लाख ५७ हजार ६८३ जना संक्रमित भएकोमा १५ लाख ८२ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९५ हजार ७७७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४४ लाख ९२ हजार ९६९ पुगेको छ । त्यसमध्ये २१ लाख ८४ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।



यस्तै एसियाली मुलुकहरूमा ७८ हजार ४३० जनाको मृत्यु भएको छ । ३३ लाख ३१ हजार ४०३ जना संक्रमित भएकोमा २३ लाख ५९ हजार ७६९ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १६ हजार ५७२ जनाको मृत्यु भएको छ । ३२ लाख २० हजार १६० जना संक्रमित भएकोमा २१ लाख ३ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १४ हजार ९९६ जनाको ज्यान गएको छ भने ७ लाख ६ हजार ६९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ७० हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४० जनाको मृत्यु भएको छ । १३ हजार १२० जना संक्रमित भएकोमा ९ हजार ७७४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १७ हजार ५०२ जनामा संक्रमण देखिएकोमा ४० जनाको निधन भैसकेको छ । ११ हजार ६३७ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार