मौद्रिक नीति प्रभाव : ८ मिनेटमै सकियो आजको सेयर कारोबार

साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा उछाल देखिएको छ । मौद्रिक नीति आएपछिको पहिलो कारोबार दिनमा ८ मिनेट मात्रै कारोबार भएर पोजेटिभ सर्किट लाग्दै बन्द भएको छ । बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेर १४७९.०३ अंकमा पुगेको छ । आज नेप्सेमा १०५ कम्पनीको कारोबार हुँदा सबै कम्पनीको सेयरमूल्य बढेको छ । नेप्सेमा १ लाख ८० हजार ५९६ कित्ता सेयर किनबेच हुँदा ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको मात्रै सेयर किनेबेच भएको छ ।

सेयर बजार खुलेको ६ मिनेटमै पहिलो नेप्सेमा पोजेटिभ सर्किट २० मिनेट कारोबार रोकिएर खुलेको अर्को १ मिनेटमा अर्थात् ११ बजेर २७ मिनेट जाँदा नै थप १ प्रतिशत अर्थात् पाँच प्रतिशतले नेप्से बढेपछि दोस्रो पोजेटिभ सर्किट लागेर कारोबार बन्द भएको थियो । दोस्रो सर्किटपछि १२ बजेर ७ मिनेटमा खेलेको बजारमा थप एक मिनेट अर्थात् ११ बजेर ८ मिनेटमै नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजेको लागि कारोबार बन्द भएको हो ।



दोस्रो पोजेटिभ सर्किट लागेसँगै ४० मिनेटका लागि कारोबार रोकिएको छ । कारोबार खुलेको १ घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घटबढ भए २० मिनेट, बजार खुलेको २ घण्टाभित्र बजार परिसूचक नेप्से ५ प्रतिशतले घटबढ हुँदा ४० मिनेट र ६ प्रतिशतभन्दा बढीले नेप्सेमा घटबढ हुँदा पुरै दिनका लागि कारोबार रोकिन्छ । मौद्रिक नीतिको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । शुक्रबार आएको मौद्रिक नीतिले सेयर कर्जाको सीमा बढाउनुका साथै १२० दिनको औसत मूल्य कायम गर्नेलगायत व्यवस्थाले गर्दा लगानीकर्तामा आकर्षण देखिएको हो । यता राष्ट्र बैंकले नगद लभांशमा कडाइ गर्दै कुल लाभांशको ७० प्रतिशत बोनस सेयर दिनुपर्ने बाध्यत्मक व्यवस्था गरेको छ ।

नेप्सेमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, गुराँस लघुवित्त, शिखर इ्रन्स्यारेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागिसकेको छ । यस्तै नागरिक लगानी कोष, नेपा लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, हिमालयन डिस्टिलरी र ज्योति विकास बैंक र एनएमबी बैंकको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ ।

बजार खेलेसँगै वाणिज्य बैंकको सेयर मूल्यमा उछाल आउँदा नेप्सेमा पोजेटिभ सर्किट लागेको हो ।

सम्बन्धित समाचार