आफ्नो मृत्युको खबर सुन्नुपर्यो यी कलाकारलाई, दिए यस्तो प्रतिक्रिया

अहिलेको विश्व फेसबुक, ट्वीटर तथा इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जालको दबदबामा छ । अहिले कुनै पनि कुरा फैलिनु कत्ति पनि बेर लाग्दैन । चाहे राम्रा कुरा हुन्, चाहे नराम्रा समाचारहरु निकै छिटो भाइरल भैदिन्छ । हालसालै यस्तै एउटा खबर फैलिएको छ । हालै नेटफिल्क्समा रिलिज भएको फिल्म ‘बुलबुल’ मा अभिनय गरेका कलाकार अविनाश तिवारीको निधन भएको खबर फैलिएको छ ।

एकाएक आफ्नो मृत्युको खबर फैलिएपछि अविनाशले यो खबर झुठो भएको प्रतिक्रिया दिएका छन् । अविनाशले यो हल्लालाई गैरजिम्मेवार भएको पनि बताएका छन् । भारतको एक मनोरञ्जन वेबसाइटमा अभिनाशको निधन भएको खबर प्रकाशन भएको थियो । उक्त सामाचारको उनले खण्डन गरेका हुन् ।



अभिनेताले ट्वीटरमा लेखे, ‘यति हतार छैन भाइ, को हुन् यिनीहरु, कहाँबाट आउँछन्, आफ्नो स्तर सुधार्नुस् कृपया ।’ सन् २०१७ मा रिलिज भएको फिल्म ‘तु है मेरा सन्डे’ बाट बलिउडमा कदम राखेका अविनाशले ‘लैला मजनू’ मा शीर्ष भूमिका निभाएका छन् । यो फिल्मबाट उनले तारिफ पनि पाएका थिए ।

नेटफिल्क्समा रिलिज भएको फिल्म ‘घोस्ट स्टोरिज’ मा पनि उनलाई देख्न सकिन्छ ।

सम्बन्धित समाचार