नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।
नेपाल डिजिटल टीभी अपरेटर एशोसिएशनको नामबाट डिजिटल टीभी अपरेटर तथा उपभोक्ताहरूको हकहित तथा संरक्षणको उद्देश्य राखी मिति २०७७ साल श्रावण २ गते डिजिटल टीभी अपरेटरहरूको भेलाले एक तदर्थ समिति गठन गरेको छ ।
भेलाले अध्यक्षमा सुदीप आचार्य (डिशहोम) तथा सदस्यहरूमा क्रमशः दिनेश सुवेदी (म्याक्स टीभी), प्रकाश घिमिरे (मेरो टीभी), विनय बोहोरा (भायो टीभी), विनोद तिमलसिना (ब्रोड टीभी), निरनराज भण्डारी (नेट टीभी), रवीन सुवेदी (प्रभु टीभी), अमित थापा (क्लियर टीभी) रहेका छन् ।
विभिन्न भारतीय न्युज च्यानलहरूले नेपालका प्रधानमन्त्रीका सम्बन्धमा विभिन्न भ्रामक, घृणित तथा कपोकल्पित र नेपाली जनताको आस्थामाथि नै प्रहार गर्ने जस्ता समचार सम्प्रेशण गरेकोले निम्न आजतक, एवीपी न्युज, जी न्युज, इण्डिया टीभीलगायतका न्युज च्यानलहरूलाई अर्को निर्णय नगरेसम्मको लागि बन्द गरेको छ ।
भेलाले डिजिटल टीभी अपरेटर तथा उपभोक्ताको हक हितलाई मध्यनजर राखी नेपाल सरकारले आगामी तीन महिनाभित्र लागु गर्न लागेको क्लिन फिडको नीतिलाई पनि आवश्यक नीतिनियम बनाई लागु गर्ने पनि निर्णय गरेको प्राप्त विज्ञप्तिमा उल्लेख छ ।