आज विभिन्न मुलुकबाट एक हजार नेपालीको उद्धार

विभिन्न मुलुकमा अलपत्र एक हजार ८० नेपाली स्वदेश फर्किएका छन् । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १० अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

यी उडानबाट छ शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २६६ यात्रु र दुई शव ल्याएको छ । सोही एयरलाइन्सले दोहाबाट १५२ यात्रु र दुई शव ल्याएको छ ।



हिमालय एयरलाइन्सले आबुधाबीबाट १५३ यात्रु र दुई बच्चा तथा दोहाबाट १५५ नेपाली काठमाडौं ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट दुई उडान गरी क्रमशः १७८ र १७६ नेपाली काठमाडौं ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स क्लालम्पुर उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार