नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकको चार किलो भन्ने स्थानमा सोमबार बिहान खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । उक्त ठाउँमा वर्षेनी पहिलरोले बाटो अवरुद्ध गराउँदै आएको छ ।
पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।
‘आज यो सडक हुँदै यात्रा गर्नुहुने महानुभावहरुले बैकल्पिक सडक प्रयोग गर्न अनुरोध छ’, आयोजनाले सूचनामा भनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ ।
