प्रचण्ड निवासमा पूर्वमाअ‍ोवादी समूहका नेताको भेला, बादल र भट्ट अनुपस्थित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चर्किरहेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका छन् । सोमबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विषयमा छलफल गरेका हुन् ।

प्रचण्ड निवास खुमलटारमा भएको भेलामा गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट बाहेक पूर्व माओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरुको सहभागिता रहेको स्रोतले जानकारी दियो ।



अध्यक्ष प्रचण्डले पूर्वमाअ‍ोवादी समूहका नेतालाई एक जुट बनाउन बैठक बोलाएको स्रोतले जानकारी दियो । पछिल्लो समय गृहमन्त्री बादल र मन्त्री भट्ट प्रधानमन्त्री अ‍ोलीको पक्षमा लागेकाले अध्यक्ष प्रचण्डले एकजुट बनाउन भेला बोलाएका हुन् ।

पूर्व माओवादी निकटका स्थायी समिति सदस्यहरु कोही प्रधानमन्त्री निकट लागेका छन् भने कोही ओली र प्रचण्ड मिल्नुपर्छ भन्ने पक्षमा छन् । आइतबारको खुमलटार बैठकमा गृहमन्त्री बादल र मन्त्री भट्ट अनुपस्थित थिए ।

प्रचण्ड र माधव नेपालले आफ्ना नेताहरुलाई ओलीले प्रभावमा पारेको आशंकामा उनीहरुसँग परामर्शमा जुटेका हुन् । ओली प्रचण्ड र नेपाल आ आफ्ना नेताहरुको संख्या गन्नतिर लागेकोले आगामी दिनमा नेकपाभित्रको विवादले उघ्र रुप लिने देखिन्छ ।

सम्बन्धित समाचार