नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।

विगत केही दिनदेखि देशभरि वर्ष भइरहेको छ । देशका विभिन्न ठाउँबाट बाढी र पहिरोले मानिसको ज्यान गएको खबर पनि आइरहेकै छ । तर काठमाडौं जस्तो उपत्यकामा पनि पहिरोबाट एक युवकको ज्यान गएको भन्दा अचम्म लाग्ला । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोबाट एक युवकको मृत्यु भएको छ ।
आइतबार साँझ साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदिका २२ वर्षीय नवराज गुरूङको मृत्यु भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।
खोल्सातिर शौचका लागि निस्किएका गुरूङको सोही बेला खसेको पहिरोमा पुरिएर मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख, एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
