कति कमजोर दाँत ! समाचार पढ्दापढ्दै समाचारवाचिकाको दाँत फुस्कियो…

एक समाचार वाचिकाले समाचार पढदापढ्दै अकल्पनीय घटनाको सामना गरेकी छिन् । युक्रेनमा एक महिला समाचार वाचिकाले प्रत्यक्ष समाचार वाचन गरिरहेका बेला उनको एउटा दाँत फुस्किएको छ ।

ती समाचार वाचिका नाम मरिच्का पाडाल्को हो । उनले आफ्नो त्‍यो घटनाको भिडियो आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी छिन् । उनले उक्त भिडयो पोस्ट गर्दै उनले भनेकी छिन्, ‘यो मेरो समाचार वाचिकाको रुपमा २० वर्ष काम गर्दाको सबैभन्दा अकल्पनीय र अनौठो अनुभव हो ।’



उनले आफ्नो दाँत झर्दा समेत कुनै आश्चर्य नमानीकन समाचार पढ्दा साथीहरुले ‘तिमीले त दिनहुँ आफ्नो दाँत झर्छ जस्तो पो गर्‍यौ’ भनेर प्रतिक्रिया दिएका छन् । दाँत फुस्किँदा समेत उनले समाचार वाचन पूरा गरेकी थिइन् । उनको त्यो दाँत फुस्किएको दृश्‍यले समाचार हेरिरहेका सर्वसाधारण भने भावुक बनेका थिए ।

समाचार पढिरहेको भिडियोमा उनको अगाडिको माथिल्लो पट्टिको भाग खुस्किन्छ । तर पनि उनी समाचार वाचन गर्न छोडदिनन् । उनले बरु आफ्नो फुस्किएको दाँतलाई हातमा लिन्छिन् र अनुहारमा कुनै परिवर्तन नल्याई पहिलाको जस्तै समाचार वाचन पूरा गर्छिन् ।

केही वर्षअघि छोरीले घडीले हान्दा उनको उक्त दाँत कमजोर भएको थियो ।

https://www.instagram.com/p/CCqr6gsJ-1_/

सम्बन्धित समाचार