नारायणी नदीमा पानीको बहाव खतराको तहमा

चितवन र नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ। जलसतहले खतराको तह समेत पार गरेको छ । देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणीको जलसतह ८.०४ मिटर मापन गरिएको छ । उक्त स्थानमा जलसतह ८ मिटर पुगेपछि खतरको तह मानिन्छ ।

पानीको सतह अझै बढ्दै गएकाले चितवन र नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।



नारायणी नदी किनारमा रहेको हात्तीको मुर्ति पनि बगाएको स्थानीयबासीले बताएका छन् ।

सम्बन्धित समाचार